हेलिकोप्टरहरू तयारी अवस्थामा राख्न गृहको आग्रह


२०८२ असोज १८ शनिबार १७:३५ बजे

काठमाडौँ :  गृह मन्त्रालयले निजी हेलिकप्टरहरू तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई पत्राचार गरेको छ।

मन्त्रालयले शनिबार वायु सेवा सञ्चालक संघलाई लिखित र मौखिक अनुरोधमार्फत भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान प्रभावितहरूको खोज, उद्धार, राहत र स्थानान्तरण कार्यमा निजी हेलिकप्टर परिचालन गर्न तत्पर हुन आग्रह गरेको हो । 

यस सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच भएको सम्झौतालाई गृह मन्त्रालयले पुनः स्मरण गराउँदै आवश्यकताका बेला सहयोग पुर्‍याउन निजी हेलिकप्टर सञ्चालकहरूलाई अनुरोध गरेको जनाएको छ।

बाढी, पहिरो र डुबान प्रभावित जनताको शीघ्र उद्धार र पुनर्स्थापनाका लागि सबै स्रोत र साधन तत्पर राख्न मन्त्रालयले जोड दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७