काठमाडौंका जोखिमयुक्त बस्तीका बासिन्दा विद्यालयमा स्थानान्तरण


२०८२ असोज १८ शनिबार १७:४८ बजे

काठमाडौं : काठमाडौं महानगरपालिकाले खोला किनारका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दालाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्न थालेको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमती लगायतका खोलाहरूको जल सतहलाई निरन्तर निगरानीमा राखिएको छ । थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रका स्थानीय वडा सदस्यहरूसँग समन्वय गरी विद्यालयहरूलाई अस्थायी आश्रयस्थलका रूपमा तयार पारिएको छ।

विपद् अवस्थामा बासिन्दालाई बस्ने, सुत्ने र आवश्यक सुविधा उपलब्ध गराउन विद्यालयहरूमा शौचालय, खानेपानी र सुरक्षित स्थलको व्यवस्था मिलाउन निर्देशन दिइएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । 

महानगरपालिकाले गत वर्ष जोखिममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको छ ।

हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७