अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित, सिरिज क्लिन स्विपको अवसरबाट चुक्यो


२०८२ असोज १४ मंगलबार २३:३९ बजे

काठमाडौं :  वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ। मंगलबार युएईको शारजाह रंगशालामा जारी वेस्ट इन्डिजविरूद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको हो । 

नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीमाथि ऐतिहासिक जित निकालेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले उपाधि आफ्नो पक्षमा पारीसकेको छ । 

अन्तिम खेलमा पराजित हुँदा नेपालले सिरिज क्लिन स्विप गर्ने मौका भने गुमायो। नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य वेस्ट इन्डिजले १२औं ओभरमा पूरा गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७