रोमानियामा आगलागी हुँदा २ नेपाली महिलाको मृत्यु


२०८२ असोज १४ मंगलबार २०:२७ बजे

काठमाडौँ : रोमानियाको एक होटेलमा भीषण आगलागी हुँदा दुई नेपाली महिलाको ज्यान गएको छ।

घटना प्रहोभा सहरको होटेल डालेमा भएको हो, जुन रोमानियाको राजधानी बुखारेष्टबाट करिब ५२ किलोमिटर टाढा पर्छ।

२१ र २४ वर्षकी राई र तामाङ थरकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरू दुवै होटेलमै कामदारका रूपमा कार्यरत रहेको बताइएको छ।

नेपाल पत्रकार महासङ्घ युरोप शाखाका सदस्य लाक्पा तेन्जी लामा शेर्पाका अनुसार माथिल्लो तलामा सुतेका दुई जनाको मृत्यु भएको हो । होटेलबाहिर सुतेकी अर्की नेपाली महिला सकुशल छिन् ।

जर्मनीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै आवश्यक समन्वयका लागि पहल भइरहेको जानकारी दिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७