टस हारेर ब्याटिङ गर्दै नेपाल : क्लिन स्विप गर्ने लक्ष्य


२०८२ असोज १४ मंगलबार २०:११ बजे

काठमाडौँ : युएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको युनिटी कप टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

पहिलो र दोस्रो खेलमा जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको नेपाल आज अर्को कीर्तिमानका लागि मैदान उत्रिँदै छ । नेपाल क्लिन स्विपको कीर्तिमान रच्न मैदान उत्रिने लक्ष्यमा रहँदा वेस्ट इन्डिज भने आफ्नो प्रतिष्ठा जोगाउन मैदान उत्रिँदै छ।

पहिलो खेल १९ रन र दोस्रो खेलमा ९० रनको प्रभावशाली जीत निकालेको नेपाल दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजविरुद्ध एकपक्षीय रूपमा हाबी भयो ।

मंगलबारको अन्तिम खेलमा ३ खेलाडी परिवर्तन गरिएको छ । आजको खेलमा आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई आराम दिइएको भने आरिफ शेख, लोकेश बम र सहाब आलामले प्लेइङ ११ मा स्थान बनाएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७