काठमाडौँ डेंगुको रेड जोनमा


२०८२ असोज १४ मंगलबार १९:०४ बजे

काठमाडौँ : डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेका बेला काठमाडौँ जिल्ला रेड जोनमा परेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँमा ५६५ जना डेंगु सङ्क्रमित भेटिएको पुष्टि भएको छ। 

कुनै जिल्लामा ५००  भन्दा बढी सङ्क्रमित भेटिए सो जिल्लालाई सङ्क्रमणको जोखिम बढेको भन्दै रेड जोनमा राख्ने गरिन्छ। ईडिसिडीको विवरण अनुसार काठमाडौँमा २०० सङ्क्रमित सेप्टेम्बर महिनामा थपिएका थिए।

हालसम्म देशभर ५ हजार १९६ जनामा डेंगु पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाइसकेका छन् । डेंगुबाट सबैभन्दा बढी गण्डकी, बागमती र लुम्बिनी प्रदेश प्रभावित छन्। साथै, ईडीसीडीको विवरण हेर्दा देशका ७५ जिल्लामा नै डेंगु फैलिएको छ।

विशेष गरी पानी जम्ने स्थानमा ‘एडिज एजिप्टी’ जातको लामखुट्टे सक्रिय हुने भएकाले घर वरपर पानी नजम्ने बनाउने, झुल टाँगेर सुत्ने, पूरा बाहुलाको लुगा लगाउने जस्ता उपाय अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

पछिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मन्त्रालयले आम जनतालाई उच्च सावधानी अपनाउन अनुरोध गर्दै आएको छ । 

नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। भने नेपालमा यसअघि सन् २०१० मा तराईका रुपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७