‘केपी बा’लाई ३ दिनभित्र शानदार ढंगले गृहप्रवेश गराउँछौँ : महेश बस्नेत


२०८२ असोज १ बुधबार ०८:३१ बजे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ ।

एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृहप्रवेश गराउँदै छौँ। यसका लागि सुरक्षा निकायसँगको समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ ।’

बस्नेतका अनुसार अध्यक्ष ओलीलाई भक्तपुरस्थित घरमा लगिने छ । ओलीको निवास भने भदौ २४ गते जेनजी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन्। 

जेनजी आन्दोलन चर्किएपछि ओलीले भदौ २४ गते राजीनामा दिएर नेपाली सेनाको सुरक्षामा शिवपुरीमा छन् । 

कांग्रेस–एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा नागरिक सरकार गठन भइसक्दा पनि ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता घर फर्किने वातावरण बनिसकेको छैन।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७