प्रधानमन्त्रीले भेटेपछि डा. सन्दुक रूइतले भने : यत्रो बिरामीलाई छाडेर मन्त्री हुन आउँदिन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका थिए ।
पत्रकारहरूले डा. रूइतलाई मन्त्री हुन जाने हो भनेर सोधेका थिए। जबाफमा डा. रूइतले भने, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा) काम छाडेर आउनेर ? बिरामीलाई छाडेर आउँदैन।’