जेनजी आन्दोलनमा मारिएकाहरूको सामूहिक अन्त्येष्टि गरिँदै


२०८२ भदौ ३१ मंगलबार ११:४३ बजे

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मारिएकाहरूको आज सामूहिक अन्त्येष्टि गरिँदैछ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालबाट शवयात्र गरी पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गर्ने तयारी छ ।

आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो। 

१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने बताइएको छ।

विमानस्थल पुर्‍याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७