नवनियुक्त तीन मन्त्रीले लिए शपथ


२०८२ भदौ ३० सोमबार १२:२५ बजे

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष,लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय– भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारका प्रधानमन्त्री बनेकी हुन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७