प्रथम महिला महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण


२०८२ भदौ ३० सोमबार १४:२८ बजे

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिए । उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता भएकी हुन् । यसअघि उनी सूचना आयुक्तसमेत भइसकेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७