मृतक परिवारलाई काजकिरिया खर्चबापत एक लाख दिने गृहमन्त्रीको निर्णय


२०८२ भदौ ३० सोमबार १३:३७ बजे

काठमाडौँ : जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गृह मन्त्रालयले  गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । 

यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ । साथै गृहमन्त्री अर्यालले पदभार ग्रहणलगत्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्।

गृहम्नत्री अर्यालले शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरेका छन् । 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७