हर्क साम्पाङ भन्छन् : अब दल खोल्छु, सबैजना सामेल हुनुहोला


२०८२ भदौ ३० सोमबार ११:५८ बजे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले पार्टी खोल्ने भएका छन् । 

सामाजिक सञ्जालमार्फत साम्पाङले नयाँ दल खोल्ने जानकारी दिँदै सबैजनालाई सामेल हुन आह्वान पनि गरेका छन् । 

‘म पनि खोल्छु  एउटा दल। त्यो दलमा सबै आबद्ध बन्नुहोला पनि भन्न चाहन्छु,’ उनले भनेका छन्।

साम्पाङले जेन–जी विद्रोहको भावनाअनुसार काम गर्छु भन्दा आफूलाई नपत्याइएको गुनासो गरे।

जेनजी आन्दोलन लगत्तै काठमाडौं आएका साम्पाङले आफूलाई देशको नेतृत्व दिए लिन तयार रहेको बताउँदै आएका थिए ।

तर, प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि उनले गृहमन्त्री बन्न लबिइङ गरेका थिए । 

‘२०७२ को कानुनमा टेकेर नयाँ  हामी बनाउन सक्छौं त ? सक्दैनौं। यो विद्रोह अर्कै चिज बनाउनका लागि हो। त्यही म्यान्डेटअनुसार गर्छु भन्दा मलाई पत्याउनुभएन। अथवा कुनै प्रभुशक्ति... अथवा के पनि हुनसक्छ..,’ उनले भने।

उनले हर्क साम्पाङसँग काम गर्न अप्ठ्यारो भएकाले पनि नदिइएको हुनसक्ने बताए।

उनले अहिलेको आन्दोलन एक थान केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउन मात्रै नभएको बरू प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखे।

देशमा फेरि एउटा चुनाव ल्याउनका लागि मात्रै भयानक विद्रोह नभएको र आन्दोलनपछि त्यसको मर्मअनुरूप चल्न नसकेको गुनासो पनि उनको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७