लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह


२०८२ भदौ ३० सोमबार १३:११ बजे

काठमाडौँ : जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ ।

सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना निकालेर प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएकाले सो मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।

यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा सङ्घीय संसद् सचिवालयमा सूचना दिन अनुरोध गरिएको योजना शाखाका उपसचिव अधिराज राईद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडियो÷सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद् सचिवालयले जनाएको छ ।

यही भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७