‘हामी नेपाल’सँग सम्बन्ध छैन : सन्दुक रुइत


२०८२ भदौ २९ आइतबार १४:४१ बजे

काठमाडौँ : बारबरा फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले ‘हामी नेपाल’सँग नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएका छन् । 

बारबरा फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा 'हामी नेपाल' नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।

फाउण्डेशनका अध्यक्ष रुइतका अनुसार कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर हाल सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्बन्बन्ध छैन । 

साथै, नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष रुइतले आग्रह गरे । गत एक वर्षदेखि ‘हामी नेपाल’ नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको अध्यक्ष रुइतले स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

साथै, फाउण्डेशनले वित्तीय विवरण पनि सार्वजनिक गर्दै विगत ८ वर्षमा  ७ करोड ८२ लाख प्राप्त गरेकोमा करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७