जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा

काठमाडौं : जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मृतकलाई शहीद घोषणा गर्दै प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने निर्णय भएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए।
यसैगरी घाइतेहरूको निःशुल्क उपचार भइरहेको पनि उनले जानकारी गराए। जेन–जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा प्रदर्शनकारीतर्फ ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विभिन्न अस्पतालमा १९१ घाइतेको उपचार भइरहेको छ ।