सार्वजनिक सम्पत्ति आगजनी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ : सार्वजनिक सम्पत्ति तथा निजी सम्पत्तिहरुमा आगजनी गर्नेहरु कानुनी दायरामा ल्याइने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् ।
आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा आगजनी र तोडफोडका घटना सुनियोजित भएको हुनसक्ने औंल्याइन् ।
‘जुन किसिमको आगलागी र तोडफोड भएको छ,त्यो अपराधिक कार्य हो । त्यस्तो कार्य गर्नेलाई नेपाली कसरी भन्ने ? जे–जति भयो मलाई आश्चर्य लागेको छ । यो सुनियोजित रुपमा भएको हो । यस्तो काम गर्नेले सजाय पाउनैपर्छ’,उनले भनिन् ।
उनले पदभार ग्रहण गर्दै थपिन्, ‘यो आफ्नै विवेकले भएजस्तो देखिँदैन । आपराधिक गिरोहमा संलग्नहरुले यस्तो गरे जस्तो लाग्यो । त्यो पनि योजनाबद्ध रुपमा । उनीहरुलाई त कसरी छोड्न सकिन्छ र ?’’