बाल सुधारगृहबाट निस्कन खोज्दा झडप, ५ जनाको मृत्यु, दुई घाइते


२०८२ भदौ २५ बुधबार ०९:१६ बजे

नेपालगञ्ज । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएकामध्ये पाँच जनाको उपचारका क्रममा भेरी अस्पतालमा ज्यान गएको हो । दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गएराति सुधारगृहमा भएको झडपका क्रममा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको ज्यान गएको हो ।

स्रोतका अनुसार मंगलबार जेनजीको आन्दोलन चर्किंदा बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । 

उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७