घरबाहिर ननिस्कन सेनाको ‘माइकिङ’


२०८२ भदौ २५ बुधबार ०८:३६ बजे

काठमाडौं । नेपाली सेनाले घरबाहिर ननिस्कन अपील गरेको छ ।

बुधबार विहान काठमाडौंको कालीमाटी क्षेत्रमा माइकिङ गर्दै सेनाले पसलहरू बन्द गर्न र सरक्षित आफ्नो गन्तव्यतर्फ जान आग्रह गरेको हो ।

‘सम्पूर्ण पसले तथा ग्राहक महानुभावहरूलाई पसल बन्द गरी सुरक्षित रुपमा आ–आफ्नो घर गइदिन हुन अनुरोध गरिन्छ’ सेनाले माइकिङ गर्दै भनेको छ, ‘आज एक दिन शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।’

जेनजी आन्दोलनको दोस्रो दिन कालीमाटी क्षेत्रमा दुई जनाको ज्यान गएको समाचार आएको छ ।

मंगलबार रातिदेखि काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।

मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले आकस्मिक सेवामा संलग्नहरूलाई सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ ।

कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग माग्नसमेत सेनाले अनुरोध गरेको छ।

प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७