सर्वोच्चमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आगजनीबाट पूरै संरचना ध्वस्त भएपछि सर्वोच्च अदालत प्रशासनले आज हस्तलिखित सूचना जारी गर्दै अदालतको सेवा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
अर्को सूचना नभएसम्मको लागि मुद्दाहरुको सम्पूर्ण सुनुवाइ स्थगित गरिएको मुख्य रजिष्टारद्वारा जारी सूचनामा उल्लेख छ ।
‘भदौ २४ गतेको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुज्ञाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाहरुको पेसी, स्थगित गरिएको र भोलिदेखि पेसीमा रहेका मुज्ञाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारण सेवाग्राहीमा पर्न गएको असुविधाको लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ’ भनिएको छ ।
मंगलबारको प्रदर्शनमा सर्वोच्च अदालतसहित महान्यायाधिवक्ता कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय र विशेष सरकारी वकिल कार्यालयमा पनि आगजनी भएको छ।