भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले ‘संसद भवनभित्र ३२ जना मृत फेला’ भन्दै कतिपय अनलाइन र सामाजिक सञ्जालमा भम फैलाइएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले बुधबार सूचना प्रकाशित गरी यसप्रकारका भ्रमपूर्ण समाचारमा समाजमा त्रासको वातावरण फैलने हुँदा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।