त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द


२०८२ भदौ २५ बुधबार १२:५० बजे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो। 

उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थलवरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षालाई ध्यान दिँदै विमानस्थल बन्द गरिएको सूचनामा उल्लेख छ ।

विमानस्थल खुलेको सूचना नआएसम्म विमानस्थलमा नआउन पनि कार्यालयले आग्रह गरेको छ। 

‘विमानस्थल खुलेको सूचना पाएपश्चात् सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थलमा आउनुहुन सबै यात्रुमा अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७