दिनभर निषेधाज्ञा, राति कर्फ्यू

काठमाडौं । नेपाली सेनाले आज साँझसम्म निषेधाज्ञा तथा राति कर्फ्यूको आदेश जारी गरेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो।
बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।
निषेधाज्ञा तथा कर्फ्यूका दौरान अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स,शव वाहन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी) का सवारी साधनहरू सञ्चालन हुने सेनाले जनाएको छ ।