गोली चलाउन आदेश दिने सीडीओको फोटो वेबसाइटबाट गायब, फेसबुक डिएक्टिभ


२०८२ भदौ २३ सोमबार १९:०२ बजे

काठमाडौँ : जेन-जीमाथि गोली चलाउन आदेश दिने जिल्ला प्रशासन कार्यालय काठमाडौँका सीडीओको फोटो वेबसाइटबाट हटाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको तस्वीर जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट हटाइएको हो ।

त्यतिमात्र नभएर उनको फेसबुक अकाउन्ट पनि डिएक्टिभेट गरिएको छ । जेन जी पुस्ताको आन्दोलनमा व्यापक दमन गरेर दर्जनौं युवाको गोली लागेर मृत्यु भएको अवस्थामा सिडिओको फोटो गायब भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७