कोसी र बागमतीका पहाडी भूभागका भारी वर्षाको सम्भावना


२०८२ भदौ २३ सोमबार ०७:२० बजे

काठमाडौं । आज कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, कोसी प्रदेशकै केही पहाडी तथा तराईका भूभागमा राति पनि भारी वर्षाको सम्भावना छ । बाँकी केही स्थानमा मध्यम वर्षा हुने र मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने प्रक्षेपण गरेको हो ।

महाशाखाका अनुसार-
दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति : कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भेगमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७