बच्चा मारेर शासन गर्ने सरकार धिक्कार : सुमना श्रेष्ठ


२०८२ भदौ २३ सोमबार १६:१५ बजे

काठमाडौँ : सरकारविरुद्ध सडकमा जेन-जीले प्रदर्शन गरिरहेको बेला पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’ उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् ।

‘नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७