‘जेन-जी’ को सडक प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता


२०८२ भदौ २३ सोमबार ००:०१ बजे

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् । ‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ अभियानलाई व्यक्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिलको लागि बनेको अभियानका रुपमा उनले बताएका छन् ।

जेनी– जी’ले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेतिथिविरुद्ध सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्। उनीहरुले ९ देखि ११ बजेसम्म मार्चपास गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको जिल्लचा प्रशासन कार्यालयले जनाएको छ ।

सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई-कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले आन्दोलनको घोषणा गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७