जेनजी प्रदर्शन : मृत्यु हुने ५ जनाको सनाखत


२०८२ भदौ २३ सोमबार १८:४९ बजे

काठमाडौँ : जेन-जी प्रदर्शनमा मृत्यु भएकामध्ये हालसम्म ५ जनाको सनाखत भएको छ ।

हालसम्म ट्रमा सेन्टरमा ३ जना र केएमसी अस्पतालमा २ जना गरी ५ जनाको सनाखत भएको अस्पताल स्रोतले जनाएको छ ।

ट्रमा सेन्टरमा सनाखत हुनेमा मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् । ट्रमा सेन्टरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ । अस्पतालका अनुसार सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७