सरकारको दमन : इमर्जेन्सी कक्षमा अश्रुग्याँसदेखि अस्पतालभित्रै धरपकडसम्म


२०८२ भदौ २३ सोमबार १८:३३ बजे

काठमाडौ : सकारले घाइतेहरूको उपचार भइरहेको सिभिल अस्पतालको इमर्जेन्सीमै अश्रुग्याँस प्रहार गर्न बाँकी नराखेको उपचाररत विरामीका आफ्नतले बताएका छन् । इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बेला अश्रु ग्यास प्रहार भएपछि अस्पताल क्षेत्रको भिड तितरबितर भएको थियो ।

त्यतिमात्र नभएर आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो । यता ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि पनि प्रहरीले लाठी प्रहार गरेको छ ।

बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको एक स्वास्थ्यकर्मीले बताए । प्रहरीले अस्पतालभित्रै प्रवेश गरेर पिट्न थालेपछि प्रदर्शनकारी घाइतेका आफन्तहरू भागाभाग भएको थियो ।

अहिले पनि प्रहरीले अस्पताल क्षेत्रमा माइकिङ गरेर प्रदर्शनकारीहरूलाई बाहिर निस्किन आग्रह गरिरहेको छ । मीनभवनस्थित यस अस्पतालमा एक सयभन्दा बढीको उपचार भइरहेको छ। ३ जनाको मृत्यु भइसकेको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७