ओलीलाई देउवाले फोनमा भने : सामाजिक सञ्जाल आजै देखि खोल्ने निर्णय गर्नू, नत्र सरकार छोड्छौं


२०८२ भदौ २३ सोमबार १९:१३ बजे

काठमाडौं  :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर आजैरातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक चलिरहेको बेला प्रधानमन्त्रीलाई देउवाले टेलीफोन गरेका हुन् ।   

सभापति देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीहरुको बैठकबाटै देउवाले प्रधानमन्त्री ओलीलाई टेलीफोन आजैरातिदेखि सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेको एक पदाधिकारीले बताए । गत बिहीबारदेखि सरकारले सूचीकृत नभएको भन्दै सरकारले फेसबुक एक्ससहितको सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो। 

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७