सरकारलाई आयोगको निर्देशन : अत्यधिक बल प्रयोग नगर्नू


२०८२ भदौ २३ सोमबार १८:०८ बजे

काठमाडौँ : जेन-जीले प्रदर्शनको क्रममा सरकारले अत्यधिक बल प्रयोग गर्दा धेरैको ज्यान गएको भन्दै मानव अधिकार आयोगले सरकारको नाममा निर्दशन जारी गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग गर्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको हो । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन समेत आग्रह गरेको छ ।

‘आज काठमाडौँ लगायत देशका विभिन्न सहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई प्रदर्शनको आयोगले अनुगमन टोलीहरु गठन गरी अनुगमन गरेको छ’, आयोगले भनेको छ, ‘अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ।’

आयोगका अनुसार काठमाडौँको माइतीघरबाट सुरु भई बबरमहल हुँदै वानेश्वर पुगेका प्रदर्शनकारीहरु संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७