सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा


२०८२ भदौ २३ सोमबार १६:२७ बजे

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

नले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् । ‘नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।

शान्तिपूर्ण आन्दोलनमा सरकारले निर्मम दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ। निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको प्रस्ट पार्दै जेन–जी पुस्ताले प्रधानमन्त्रीको राजीनामा मागेको हो।

प्रेस विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताले भनेको छ, ‘दर्जनौँ युवाहरूमाथि गोली प्रहार गरिएको छ, सयौँ घाइते भएका छन्। तीनकुने घटनाभन्दा पनि भयावह तरिकाले घरका छतबाट अश्रुग्यासको वर्षा गरिएको छ। यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ।’

लाखौँको संख्यामा नयाँ पुस्ता सडकमा आइसकेकाले वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य रहेको भन्दै जेन–जीले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।

उनीहरूले तत्काल दमनकारी गतिविधिबाट पछि हट्दै जनताको अधिकारलाई सम्मान गर्न सुरक्षा निकायहरूलाई पनि आग्रह गरेका छन्। ‘हामी सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग तथा अन्तर्राष्ट्रिय समुदायलाई यो यथार्थलाई स्वीकार गरी जिम्मेवार ढंगले अघि बढ्न अपिल गर्दछौँ। गोली र अश्रुग्यासले अब युवाहरूको आवाज दबाउन सकिँदैन। न्याय, मर्यादा र नयाँ राजनीतिक भविष्यको माग सडकमा गुन्जिएको छ, र कुनै पनि दमनले त्यसलाई रोक्न सक्नेछैन।’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७