‘जेन–जी’को आन्दोलनमा दुर्गा प्रसाईंलाई ‘नट अलाउड’


२०८२ भदौ २२ आइतबार १६:३४ बजे

काठमाडौं : सोमबार माइतीघरमा स्व:स्फूर्त हुने जेन-जीको आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई ‘निषेध’ गरिने भएको छ । प्रसाईं आएको खण्डमा उनीविरुद्ध ब्यानर प्रदर्शन गर्ने एक अभियन्ताले जानकारी दिए ।

प्रसाईंले फेसबुक स्टाटसमार्फत जेन-जीको आन्दोलनमा आफू पनि सहभागी हुने घोषणा गरेका थिए । तर, आइतबार बसेको जेन-जीका अगुवाहरूको बैठकले भने उनलाई सहभागी नगराउने निर्णय लिएको हो । स्रोतका अनुसार प्रसाईं माइतीघर आएमा ‘नट अलाउड’ को ब्यानर देखाउने निर्णय बैठकबाट भएको छ ।

सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर जेन-जी पुस्ता आन्दोलनमा उत्रिन लागेका हुन् ।

सोमबार बिहान ९ बजेदेछि थापाथलीस्थित माइतीघर मण्डलामा जेन-जी पुस्ताले आन्दोलन गर्दैछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७