हर्क साम्पाङप्रति समर्पित गीत सार्वजनिक
2025-09-06-14-31-57.jpg)
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई समर्पन गरिएको गीत सार्वजनिक भएको छ।
‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’ बोलको यो गीतमा गीतकार तथा ब्रिटिश गोर्खा आर्मी केशव राईको शब्द रहेको छ । गीतमा राजेश पायल राई र सुनिता थेगिमको स्वर छ भने संगीत पवन बान्तावा राईले दिएका हुन् .
गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन् भने प्रोड्युसरको जिम्मा ध्रुव राई काइलाले सम्हालेका छन् । यसअघि गीतकार केशव राईका ‘गाउँबेसी’ र ‘आसुको भेल’ बोलका गीत सार्वजनिक भइसकेका छन्।