मेटा र युट्युबलाई रास्वपाको पत्र


२०८२ भदौ २० शुक्रबार १५:५५ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र युट्युबसँग नेपालमा दर्ता प्रक्रिया र सरकारको निर्देशनबारे औपचारिक जिज्ञासा पत्र पठाएको छ।

सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न पहलको लागि रास्वपाका सहमहामन्त्री विपीन आचार्यले पत्र पठाएका हुन् ।

रास्वपाले सरकारद्वारा २६ सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णयको विरोध गर्दै आएको छ। पार्टीले सूचना प्रविधिको युगमा संचार स्वतन्त्रता र डिजिटल पहुँच सीमित पार्ने कार्य लोकतान्त्रिक मूल्यविरुद्ध भएको बताउँदै आएको छ।

रास्वपाको पत्रले नेपाल सरकार र प्रविधि कम्पनीहरूबीच संवादको खाँचो औंल्याउँदै दुबै पक्षले सहकार्यमार्फत समाधान खोज्नुपर्ने आवश्यकता पनि उठाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७