सरकारको सम्पर्कमा आयो ट्विटर(एक्स)


२०८२ भदौ २० शुक्रबार १४:४४ बजे

काठमाडौं : नेपालमा दर्ता नगरिएको भन्दै बिहीबार प्रतिबन्ध लगाइएको एक्स (पूर्व ट्विटर) शुक्रबार सरकारको सम्पर्कमा आएको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सूचीकरण प्रक्रियाबारे चासो देखाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक्सका प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिने प्रयास गरेका छन्। एक्सले सरकारसँग सहकार्य गर्दै नेपालमा औपचारिक रूपमा सेवा सञ्चालन गर्ने संकेत दिएको छ।

नेपाल सरकारले अघिल्लो केही महिनादेखि सामाजिक सञ्जालहरूलाई सूचीकरणमा आउन पटक–पटक आग्रह गर्दै आएको थियो। तर, अहिलेसम्म सरकारबाट कुनै सञ्जाललाई औपचारिक पत्राचार गरिएको छैन। यसबीच, एक्सलगायत केही प्रमुख सञ्जालले सरकारको निर्देशन बेवास्ता गरेपछि बिहीबारदेखि नेपालभित्र सञ्चालन अवरुद्ध (प्रतिबन्ध) गरिएको हो।

सञ्चार मन्त्रालयका अनुसार, निष्क्रिय बनाइएका सञ्जालहरूबाट इमेलमार्फत आधिकारिक कागजात प्राप्त भएमा सूचीकरण प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयले यसअघि पटक–पटक सूचना जारी गर्दै सञ्जालहरूलाई नेपालमा वैधानिक रूपमा सूचीकृत हुन आह्वान गर्दै आएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७