एमालेलाई ८४ मा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन : केपी ओली

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी एमालेको विधान महाधिवेशनमा बोल्दै एमाले सरकारमा रहेको हुँदा धाँधली पनि हुन नदिने अध्यक्ष ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘हामी सरकारमा छौं । आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं । निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’
उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे ।