भारतले लिपुलेकबारे ओलीलाई दबाब दिनसक्छ, सम्झौता गर्नु हुँदैन : पाण्डे

चीन र भारतलाई कूटनीतिक नोट पठाउने सरकारको तयारी


२०८२ भदौ ७ शनिबार १६:०१ बजे

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन्। नेपाल–चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताए ।

‘अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेण्डा ९८ प्रतिशत सीमाना सीमांकनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो, प्रधानमन्त्रीलाई दबाब दिनसक्छ भन्दै थिए,’ पाण्डेले भने, ‘तर कसैको दबाबमा मुलुकको स्वाधिनतामा कम्परमाइज गर्न सकिँदैन । चीनले हामीलाई दुःख दिएको छैन । अहिले समस्या दक्षिण र उत्तरकोले हस्ताक्षर गरे, त्यो हस्ताक्षर ०७२ मा गरेको थियो । भूकम्पमा थियौं हामी । डिप्लोमेटिक नोट मैले नै पठाएका हो । दुई मुलुकका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् ।’

चीन र भारतलाई कूटनीतिक नोट पठाउने सरकारको तयारी
नेपाली भूमि लिपुलेक हुँदै चीन र भारतले व्यापार मार्ग खोल्ने सहमति गरेपछि नेपाल सरकारले दुबै देशलाई कूटनीतिक नोट पठाउने तयारी गरेको छ ।

चीन र भारतले नेपाली भूमि लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने सहमति गरेकोमा असन्तुष्टि जनाउँदै नेपालले कूटनीतिक नोट पठाउने तयारी गरेको हो । दुई देशबीच भएको सहमतिको नेपालमा चर्को विरोध भइरहेको छ । 

संसदमा सहमति खारेजीको माग हुँदा सडक प्रदर्शन समेत हुन थालेको छ । नेपाली भूमिमा व्यापार मार्ग खोल्ने सहमति गर्दा आफूहरूसँग कुनै परामर्शसमेत नगरेको भन्दै सरकारले यसअघि नै असन्तुष्टि जनाइसकेको छ । 

अब दुबै मुलुकलाई कूटनीतिक नोट पठाउने गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र उच्च स्रोतले नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति गरेका भारत र चीनसँग कूटनीतिक माध्यमबाट छलफल गरी समाधान गर्ने दिशामा काम भइरहेको जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७