गोविन्दा पत्नी सुनिताले सम्बन्ध विच्छेदका दिइन् निवेदन

काठमाडौं । बलिउड अभिनेता गोविन्दकी पत्नीले सुनिता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन् ।
सुनिताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हटरफ्लाइको रिपोर्टअनुसार सुनिताले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् ।
रिपोर्टको दाबीअनुसार पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि दुवै जना मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन् । सुनिता अदालतमा उपस्थित भइरहे पनि गोविन्दा भने गायब छन् ।
गोविन्दासँग सम्बन्धित एक नजिकको स्रोतले भने यो रिपोर्ट अस्वीकार गरेको दैनिक भास्करले जनाएको छ । गोविन्दाका प्रबन्धकले पनि यो रिपोर्ट अफवाह भनेका छन् ।
छ महिना अगाडि पनि गोविन्दा र सुनिताबीच सम्बन्ध विच्छेद हुन लागेको खबरले सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो । त्यतिबेला पनि ६१ वर्षीय गोविन्दा मराठी अभिनेत्रीसँग अफेयरमा रहेको चर्चा थियो । तर पछि सुनिता आफैले सम्बन्ध विच्छेद गर्न लागेको खबर झुटो भनेकी थिइन् ।