नेपाल सिरिजको लिग चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल टप एन्ट टि–ट्वेन्टी सिरिजको लिग चरणबाटै बाहिरिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा आज (शुक्रबार) नेपाली टिम पाकिस्तान साहिन्ससँग १ रनले पराजित हुँदै बाहिरिएको हो । पाकिस्तान साइन्सले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४३ रनमा समेटियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रन बनायो । खेलको दोस्रो ओभर बलिङमा आएका दिपेन्द्र सिंह ऐरीले दुई रन मात्रै खर्च गरेर दुई विकेट लिएर नेपाललाई सानदार सुरुआत दिलाएका थिए । उनले, माज सदाकतलाई एक रन बनाएको अवस्थामा क्याचआउट गराए ।
दोस्रो ओभरको अन्तिम बलमा मोहम्मद फिकलाई २ रनमा बोल्ड गरेका थि ए। नेपालको अन्तिम खेल हेर्न डार्विन मैदान पुगेका समर्थकले उत्साहसाथ पहिलो इनिङ हेरेका थि ए। कुशल भुर्तेलले यासिर खानलाई १८ रन बनाएको अवस्थामा क्याचआउट गराए ।
सोमपाल कामीले घाजी घोरीलाई चार रनमा पवेलियनको बाटो देखाएका थिए । ११औं ओभरको सुरूमा नन्दनको बलबाट अब्दुल समदको ठूलो विकेट पतन भयो। समद २६ रन जोडेर आउट भए । त्यस्तै उनले मुबासिर खानलाई सोही ओभरमा आउट गरेर पाकिस्तानको ब्याटिङ लाइनअप धरासायी बनाएका थिए । १२ ओभर २ बलमा सोमपालले मुमताजलाई आउट गराउँदा पाकिस्तानको खातामा सात विकेट–७३ रन भएको थियो ।
त्यसपछि, मोहममदा वासिमले २३ रनको योगदान गर्न सकेका थिए । नेपालका लागि सोमपालले तीन विकेट लिए भने नन्दन यादव र दिपन्द्रले समान दुई–दुई विकेट लिएका थि ए। त्यसैगरी, कुशलको नाममा पनि एक विकेट रह्यो ।
जवाफमा नेपालले औषत सुरूआत गर्यो। कुशल भुर्तेल चार रनमा आउट भए पनि आसिफ शेख र रोहितले ५२ रनको साझेदारी गरे । आशिफ २७ रन बनाएर आउट भए भने रोहितले ४४ बलमा ५२ रनको अर्धशतकीया साझेदारी गरेका थिए । तर गुल्सन झा तीन रनमा आउट भए ।
दिपेन्द्रले २१ बलमै दुई चौका र एक छक्काको साथमा ४१ रन प्रहार गरे । लोकेश बलमे पनि १० रन जोडे । अन्तिम ओभरमा जितको लागि आवश्यक ८ रन जोड्न नसक्दा नेपाल पराजित भयो । अन्तिम ओभरमा नै नेपालले दुई विकेट पनि गुमाएको थियो। त्यो विकेट फैसल अक्रमले लिएका थिए । यो हारसँगै नेपाल बाहिरएको छ भने पाकिस्तान साइन्स नेट रन रेटमा अघि रहँदै सेमिफाइनलमा पुगेको छ ।