भ्रष्टाचारी ठहर कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा


२०८२ भदौ ६ शुक्रबार १६:१९ बजे

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । सिंहले आज (शुक्रबार) पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘सम्मानित अदालतको निर्णय, नेपालको प्रचलित कानून र पार्टीको विधान बमोजिम म सभापतिको रूपमा आफ्नो जिम्मेवारीमा निरन्तर रहने अवस्था रहेन । यसकारण म नियम कानून र पार्टीको वृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ सिंहले लेखेको राजीनामा पत्रमा उल्लेख छ ।

उनले २०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट कांग्रेसको सदस्यता लिएका थिए । उनी दुई कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको उपसभापतिको रूपमा जिम्मेवारी निर्वाह गरेपछि  २०७८ साल फागुन २९ गतेदेखि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति भएर  काम गर्दै आएका थिए ।

२०८० फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिंहलाई ४ महिना १५ दिन कैद हुने फैसला सुनाएको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा सिंह २०५९ भदौ ६ गतेदेखि २०५९ माघ २ गतेसम्म हिरासतमा बसेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७