जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदी १ वर्षपछि खोकनाबाट पक्राउ


२०८३ असोज १ बिहीबार १८:२४ बजे

काठमाडौं : गत वर्ष जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट भागेर फरार भएका कैदी विक्रमबहादुर थापा ललितपुरबाट पक्राउ परेका छन्। लागुऔषध मुद्दामा तीन वर्ष छ महिना कैद र एक लाख ६० हजार रुपैयाँ जरिवाना तोकिएका ४७ वर्षीय थापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। 

२०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा उनी कारागारबाट भागेर फरार भएका थिए। ललितपुर क्षेत्रमा लुकिछिपी बसेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले थापालाई २०८३ भदौ ३१ गते साँझ ७ बजे ललितपुर महानगरपालिका–२१, सानो खोकनाबाट पक्राउ गरेको हो।

थापाको स्थायी ठेगाना लमजुङको बेँसीसहर नगरपालिका–३ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा पठाइएको छ। प्रहरीका अनुसार थापाको एक वर्ष ११ महिना कैद सजाय बाँकी रहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७