प्रचण्डसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता


२०८२ भदौ १ आइतबार १६:४९ बजे

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  भेटवार्ता गरेका छन् ।

दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् । भेटमा नेपाल –भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७