देउवा समूहको भेलामा शेखर कोइराला पनि सहभागी हुने


२०८३ श्रावण २६ मंगलबार ११:५७ बजे

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्। गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले आगामी २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको छ। उक्त भेलामा नेता कोइराला पनि सहभागी हुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित यसअघिका कुनै पनि बैठकमा सहभागी नभएका कोइराला भने राष्ट्रिय भेलामा सम्बोधन गर्न जाने भएका हुन्।

पार्टीभित्रको आन्तरिक विवादमा नेता कोइरालाले पछिल्लो समय मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका छन्। देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने तय भएको छ। आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाएपछि देउवा समूह उत्साहित बनेको छ। सर्वोच्चले फैसला पुनरावलोकन गर्न आदेश दिएसँगै तत्कालका लागि कांग्रेस विभाजनको सम्भावना टरेको देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७