सुनसरी र सिराहाका प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं : सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। त्यस्तै, नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
.gif)

.png)

