कांग्रेस विवाद फेरि सर्वोच्चमा, गगन नेतृत्वलाई मान्यता दिएको आदेश पुनरावलोकन हुने
अब कांग्रेसको आधिकारिकता विवादमा सुरुदेखि सुनुवाइ
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दामा पुनरवलोकन गर्ने अनुमति प्रदान गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पूर्वसभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उक्त अनुमति दिएको हो।
यसअघि वैशाख ४ गते न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट चुनिएका गगन थापाको कार्यसमितिलाई मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो। सोही आदेशलाई पुनरवलोकन गर्न माग गर्दै देउवाले गत साउन ७ गते वारेसमार्फत निवेदन दर्ता गराएका थिए।
निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाई दायर गरिएको यस निवेदनमा पुनरवलोकनको अनुमति पाएसँगै यो विवादले अदालतमा पुनः प्रवेश पाएको छ।
.gif)

.png)

