आन्तरिक विषयमा छानबिन गर्न बाराका एसपी कुँवर प्रहरी प्रधान कार्यालय झिकाइए


२०८३ श्रावण २४ आइतबार ०८:४४ बजे

काठमाडौँ :  जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ । केही आन्तरिक विषयमा सोधपुछ तथा छानबिन गर्नुपर्ने भएकाले एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय बोलाइएको हो ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार एसपी कुँवरका विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले उनलाई छानबिनका लागि मुख्यालय बोलाइएको हो ।

प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन भइरहेको हो भन्नेबारे भने आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक तथा आर्थिक मामिलासम्बन्धी उजुरी परेपछि सोधपुछका लागि प्रहरी प्रधान कार्यालय बोलाइएको बुझिएको छ ।

एसपी कुँवरमाथिको छानबिनको विषयमा प्रहरी प्रधान कार्यालयले औपचारिक रूपमा थप जानकारी भने सार्वजनिक गरेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७