पर्सामा १०५ किलो गाँजासहित एक भारतीय पक्राउ


२०८३ श्रावण २६ मंगलबार १२:१६ बजे

काठमाडौं :  पर्सामा १०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा भंगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट चौधरीलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनले बोकेको बोराभित्र प्लास्टिकबाहेक १०५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यसअघि सोमबार साँझ नै पर्सामा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७