आमिर खानको ‘सितारे जमीन पर’ अब युट्युबमा

काठमाडौं । आमिर खानले आफ्नो फिल्म ‘सितारे जमीन पर’ थिएटरमा रिलिज भएको एक महिनापछि युट्युब मुभिज–अन–डिमान्डमा रिलिज गर्ने भएका छन् ।
यो फिल्म युट्युबमा मात्र उपलब्ध हुनेछ र अन्य कुनै पनि डिजिटल प्लेटफर्ममा हुने छैन । आमिर खानले सितारे जमीन पर अगस्ट १ देखि युट्युबमा विश्वव्यापी रूपमा रिलिज हुने बताएका छन् ।
यो फिल्म भारतमा १०० रुपैयाँमा उपलब्ध हुनेछ भने अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जर्मनी, इन्डोनेसिया, फिलिपिन्स, सिंगापुर र स्पेनलगायत ३८ देशमा स्थानीय मूल्य तोकिनेछ ।
‘सितारे जमीन पर’ले अहिलेसम्म विश्वभर २५० करोड रुपैयाँ बढी कमाइ गरिसकेको छ । अब दर्शकले यसलाई युट्युबमा भाडामा लिन सक्छन् ।