इराकमा तैनाथ सबै नेपाली शान्ति सैनिक फर्किए


२०८२ श्रावण १३ मंगलबार १५:३४ बजे

काठमाडौं । इराकमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू स्वदेश फर्किएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंगलबार सम्ममा इराकको मिसनमा कार्यरत ८८ जना नेपाली सैनिक फर्किएका हुन् । 

अन्तिम लटमा मंगलबार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २७ जनाको टोली नेपाल फर्किएको हो । संयुक्त राष्ट्र संघको योजना अनुसार गत असार २४ गतेदेखि नै नेपाली शान्ति सैनिकहरू फर्किन थालेका थिए।

चार वटा व्यावसायिक उडानमार्फत मिसनमा तैनाथ सबै जना नेपाली शान्ति सैनिकहरूलाई फिर्ता भएका हुन् । संयुक्त राष्ट्र संघले असिस्टेन्स मिशन फर इराकमा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरूलाई फिर्ता गरी आउँदो पुस १६ गतेसम्म मिसन बन्द गर्ने योजना बनाएको छ । त्यसअनुसार नेपाली सैनिकहरू जुलाइ अन्तिमसम्ममा मिसनबाट फर्किनुपर्ने थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७